काठमाडौं, १० पुस । जनादेश पार्टीकी संस्थापक सदस्य तथा उपाध्यक्ष एलिजा गौतमले पार्टी गठन भएको एक महिनामै पार्टी छाडेकी छन् ।
उनले प्रभु साह नेतृत्वको आम जनता पार्टीमा प्रवेश गर्दै उपाध्यक्षको जिम्मेवारी सम्हालेको घोषणा गरेकी हुन् । अभिनेत्रीसमेत रहेकी गौतम यसअघि नागरिक उन्मुक्ति पार्टी हुँदै हाल आम जनता पार्टीमा आबद्ध भएकी हुन् ।
आम जनता पार्टीमा रहेर सुशासन, विकास, भ्रष्टाचार नियन्त्रण, महिला सशक्तिकरण र श्रमिकको पक्षमा काम गर्ने प्रतिबद्धता उनले व्यक्त गरेकी छन् ।














