काठमाडौं, १० पुस । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग शक्ति बाँडफाँट र नेतृत्वको विषयमा सहमति नजुटेपछि काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र शाह (बालेन) ले आफ्नै पार्टी अघि बढाउने तयारी गरेका छन् ।
बालेनले ‘लौरो’ चुनाव चिह्न रहेको देश विकास पार्टीको नेतृत्व आफूले सम्हाल्ने संकेत दिएका छन् । रास्वपासँग मिल्नका लागि आफूलाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाइनुपर्ने बालेनको अडान रहेको बताइएको छ ।
रविले त्यसबारे सार्वजनिक रूपमा अस्वीकारजस्तै अभिव्यक्ति दिएपछि बालेन असन्तुष्ट बनेका हुन् ।
यद्यपि, रास्वपासँग संवाद पूर्ण रूपमा बन्द नगरी समानान्तर रूपमा आफ्नै पार्टी सशक्त बनाउने रणनीतिमा बालेन अघि बढेका छन् ।














