काठमाडौँ, १० पुस । मोटरसाइकल दुर्घटनामा परेर कोशी प्रदेश क्रिकेट टोलीका कप्तान २७ वर्षीय मिनाश थापाको मृत्यु भएको छ ।
बुधबार राति विराटनगर–४ स्थित एयरपोर्ट लाइनमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
एयरपोर्टबाट गणेशचोकतर्फ जाँदै गर्दा थापा सवार १–०२–०४२ प– ८००२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकमा पल्टिँदा उनी गम्भीर घाइते भएका थिए ।
घाइते थापालाई उपचारका लागि कोशी अस्पताल पु¥याइए पनि राति साढे १२ बजे चिकित्सकले मृत घोषणा गरेको प्रहरी प्रवक्ता डिएसपी कोपिला चुडालले जानकारी दिइन् ।














