काठमाडौं, १० पुस । त्रिभुवन विश्वविद्यालयले ५१औँ दीक्षान्त समारोहमार्फत स्नातकदेखि विद्यावारिधिसम्मका ८९ हजार १ सय ९१ विद्यार्थीलाई दीक्षित गर्दैछ ।
दशरथ रंगशालामा हुने समारोहमा सहभागी हुन १६ हजार ३ सय ८० जनाले आवेदन दिएका छन् । दीक्षित हुनेमध्ये व्यवस्थापन संकायका विद्यार्थीको संख्या सबैभन्दा बढी छ ।
विद्यावारिधि उपाधि प्राप्त गर्ने १ सय ५२ जना छन् । शैक्षिक उपाधि प्राप्त गरेकामध्ये करिब १८ प्रतिशत मात्र दीक्षान्त समारोहमा सहभागी हुँदैछन् ।














