काठमाडौं, ९ पुस । अन्तरिम सरकारमा तीन मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका कुलमान घिसिङले १०० दिनको १०१ उपलब्धि सार्वजनिक गरेका छन् ।
बुधबार मन्त्रालयको जिम्मेवारी सम्हालेको १०० दिन पूरा भएको अवसर पारेर उनले आफूले गरेका १०१ कामको सूची सार्वनजिक गरेका हुन् ।
घिसिङले ऊर्जा, जलस्रोत तथा सिचाँइ, भौतिक पूर्वधार तथा यातायात र सहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालि रहेका छन् । उनले तीन वटै मन्त्रालयको १०१ काम सार्वजनिक गरेका छन् ।
मन्त्री घिसिङले डेडिकेटेट तथा ट्रंकलाइनको बक्यौता असुल सुरु हुनु, जेनजी विद्रोहका क्रममा आगलागी तथा तोडफोड भएका संरचनाहरूको मर्मत तथा पुनर्निर्णमाण थाल्नुलाई उपलब्धिका रुपमा उल्लेख गरेका छन् ।
उपलब्धिहरूः–














