काठमाडौं, ९ पुस । सरकारद्वारा गठित राजनीतिक संवाद समितिको टोलीले जेनजी आन्दोलनका क्रममा क्षति पुगेका दलका कार्यालयहरूको अनुगमन गरिरहेको छ ।
सोही क्रममा टोलीले आज बनस्थलीस्थित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को कार्यालयको अनुगमन गरेको छ । जेनजी आन्दोलनका बेला रास्वपाको कार्यालय सुरक्षित रहे पनि अन्य प्रमुख दलका कार्यालयहरूमा क्षति पुगेको थियो ।
अनुगमन टोलीमा कानुनमन्त्री अनिलकुमार सिन्हा, सञ्चारमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल सहभागी थिए ।
रास्वपाको तर्फबाट पार्टीका शीर्ष नेताहरूको उपस्थिति रहेको थियो ।














