काठमाडौँ, ८ पुस। निर्वाचन आयोगले कानुनअनुसार आवश्यक विवरण नबुझाएका ६ वटा राजनीतिक दलको दर्ता खारेज गर्ने निर्णय गरेको छ।
मंगलबार बसेको आयोगको बैठकले आम आदमी पार्टी नेपाल, नेपाल कम्युनिस्ट पार्टी (लोकतान्त्रिक), माओवादी जनमुक्ति पार्टी नेपाल, नेपाल राष्ट्रवादी पार्टी, नेपाल कम्युनिस्ट पार्टी (गौरवशाली) र नेपाल समाजवादी पार्टीको दर्ता खारेजी गर्ने निर्णय गरेको हो।
यसअघि आयोगले यी दलहरूलाई तीन दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको थियो। शिव सेना नेपालले आवश्यक विवरण बुझाए पनि अन्य ६ दलले स्पष्टीकरण नदिएकाले खारेजीको निर्णय गरिएको आयोगले जनाएको छ।
यद्यपि निर्णयबारे औपचारिक जानकारी भोलि सार्वजनिक गरिने प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बताएका छन्।














