काठमाडौं, ८ पुस । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको महाधिवेशन केही समय पर सर्न सक्ने बताएका छन् ।
कृष्णप्रसाद भट्टराईको १०२औँ जन्मजयन्तीको अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले महाधिवेशनबारे अनावश्यक चासो देखाइएकोप्रति असन्तुष्टि व्यक्त गरे।
महाधिवेशन कुनै नौलो विषय नभएको भन्दै उनले यो हरेक चार वर्षमा हुने नियमित प्रक्रिया भएको स्पष्ट पारे ।
डा. कोइरालाले आफू महाधिवेशन सार्ने पक्षमा नरहेको बताउँदै क्रियाशील सदस्यता वितरणमा देखिएको समस्या र विशेष गरी सिरियल नम्बर नहुँदा—केही ढिलाइ हुन सक्ने अवस्था आएको बताए। आफू २६ पुसमै महाधिवेशन हुनुपर्छ भन्ने पक्षमा रहेको उनको भनाइ थियो ।














