कमलामाई, ८ पुष । नगरपालिका–४ धुराफाँटमा बुहारीको हत्या गरेको अभियोगमा सासु र नन्द पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार ३२ वर्षीया सुशीला बम्जनको हत्या अभियोगमा ५९ वर्षीया सासु मायारानी बम्जन र ३५ वर्षीया नन्द मीना लामा पक्राउ परेका हुन् ।
घटनामा मृतकका ससुरा घाइते भएका छन् र उपचारका लागि काठमाडौँ पठाइएको छ । अभियुक्तहरूलाई अदालतबाट म्याद लिएर थुनामा राखिएको प्रहरीले जनाएको छ ।














