काठमाडौँ, ८ पुस । नेपाली कांग्रेसले १५औँ महाधिवेशनको तय कार्यतालिका प्रभावित भएपछि त्यसलाई परिमार्जन गर्ने तयारी थालेको छ ।
कार्यतालिका संशोधनबारे छलफल गर्न कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी कार्यसम्पादन समितिको बैठक सानेपामा बोलाएका छन् ।
यसअघि पुस २६–२८ मा महाधिवेशन गर्ने निर्णय भए पनि नयाँ क्रियाशील सदस्यताको फारम र सूची समयमै तल्लो तहबाट नआएकाले कार्यतालिका प्रभावित भएको हो ।














