जनकपुर, ४ मंसिर । मिथिला सभ्यताको ऐतिहासिक र सांस्कृतिक पहिचानका रूपमा मानिने सीताराम विवाहपञ्चमी महोत्सव जनकपुरमा आजदेखि विधिवत् रूपमा सुरु भएको छ ।
त्रेतायुगमा भगवान् श्रीराम र जनकनन्दिनी सीताबीच भएको दैवी विवाहको स्मरणमा प्रत्येक वर्ष सप्ताहव्यापी महोत्सव भव्य रूपमा मनाइँदै आएको छ ।
आज पहिलो दिन नगरदर्शन कार्यक्रमको आयोजना गरिएको जनक मन्दिरका सहमहन्त रामरोशन दास वैष्णवले बताएका छन् । नगरदर्शनअन्तर्गत भगवान् राम र लक्ष्मणको प्रतीकका रूपमा सिंगारिएका दुई जना बालबालिकालाई विशेष रुपमा सजाइएको जानकी मन्दिर परिसर वरपर घुमाइने चलन छ ।
भक्तजन तथा दर्शनार्थीले यसलाई अत्यन्त शुभ मान्ने गर्दछ । महोत्सवको दोस्रो दिन (शुक्रबार) फूलबारी लीला, तेस्रो दिन (शनिबार) धनुष यज्ञ, चौथो दिन (आइतबार) तीलक–उत्सव हुनेछ । पाँचौँ दिन (मंसिर ८ गते सोमबार) मटकोर कार्यक्रम सञ्चालन गरिनेछ भने मंसिर ९ गते मंगलबार ८८राम–सीता स्वयंवर तथा विवाह समारोह८८ भव्यरूपमा मनाइनेछ ।
महोत्सवको अन्तिम दिन, मंसिर गते, रामकलेवा कार्यक्रमसँगै अयोध्याबाट आएका प्रतीकात्मक जन्ती—सन्त–महात्माहरू—लाई बिदाइ गरेपछि यस वर्षको विवाहपञ्चमी महोत्सव औपचारिक रूपमा सम्पन्न हुनेछ ।
होत्सवलाई सफल, सुव्यवस्थित र निर्विघ्न बनाउने उद्देश्यले जानकी मन्दिर परिसरमा ८८सर्वदलीय तथा सरोकारवालाको बैठक८८ सम्पन्न गरिएको छ। मन्दिरका महन्थ ८८रामतपेश्वरदास वैष्णव८८ले सबै निकाय, स्थानीय बासी, सुरक्षा संयन्त्र र स्वयंसेवी समूहलाई संयुक्त सहयोगका लागि आह्वान गरेका छन् ।
हिन्दू धर्मावलम्बी मात्र नभई बौद्ध, शिख, इसाई समुदायका सरोकारवाला समेत सहभागी हुने यो महोत्सव जनकपुरको सांस्कृतिक विविधता र धार्मिक सौहार्दको प्रतीक मानिन्छ ।
हरेक वर्षझैँ यस वर्ष पनि भारतको अयोध्याबाट प्रतीकात्मक जन्ती आगमन हुने जनकपुरवासी उत्साहपूर्वक प्रतीक्षा गरिरहेका छन् ।














