जनकपुर, २ मंसिर । मधेश प्रदेशका मुख्यमन्त्रीको कार्यालयमा भएको तोडफोड र कर्मचारी कुटपिट घटनामा संलग्न आरोपमा पूर्वसांसद परमेश्वर साह र लोसपा नेता जिबेन्द्र झा पक्राउ परेका छन् ।
नयाँ मुख्यमन्त्री नियुक्तिसँग सम्बन्धित विवादका क्रममा उनीहरू कार्यालय तोडफोड तथा कुटपिटमा सक्रिय देखिएको प्रहरीको भनाइ छ ।
अदालतबाट पक्राउ पुर्जी लिएपछि प्रहरीले आज बिहान दुवैजनालाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको छ ।














