काठमाडौं, २ मंसिर । आगामी निर्वाचनका लागि सुरक्षा संवेदनशीलता बढेको निष्कर्षसँगै देशभर ३,५१८ मतदान केन्द्र ८अति संवेदनशील ८ का रूपमा पहिचान गरिएका छन्, जुन अघिल्लो निर्वाचनभन्दा ५७२ बढी हो ।
संवेदनशील केन्द्र ४,५२९ पुगेका छन् भने २,८७९ केन्द्र सामान्य श्रेणीमा राखिएका छन् । मतदाता नामावली अद्यावधिक भइरहेकाले मतदान केन्द्र संख्या फेरिन सक्ने र निर्वाचन आयोगले अन्तिम निर्णय गरेपछि सुरक्षा पुनः वर्गीकरण गरिने गृह मन्त्रालयले जनाएको छ ।
यसपटक नेपाल सरकार तीन तहको सुरक्षा मोडेल (नेपाल प्रहरी–सशस्त्र प्रहरी–नेपाली सेना) लागू गर्दै १५ दिनभित्र जिल्लामा सुरक्षा योजना पठाउने तयारीमा छ ।
अघिल्ला चुनावमा भन्दा फरक रूपमा, सरकारले नेपाली सेना तत्कालै फिल्डमा उतार्ने प्रक्रिया अघि बढाइसकेको छ, जसका लागि रक्षा मन्त्रालयमार्फत राष्ट्रिय सुरक्षा परिषद्मा सिफारिस पठाइसकिएको छ ।














