जनकपुर, २५ कार्तिक । मधेश प्रदेशमा मुख्यमन्त्री नियुक्ति प्रक्रियाविरुद्ध एमाले बाहेकका दलहरूले सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन् ।
७४ जना प्रदेश सांसदको हस्ताक्षरसहित दर्ता गरिएको उक्त रिटको सुनुवाइ बुधबारका लागि तोकिएको छ । संविधानको धारा १६८(३) बमोजिम गठन भएको एमाले नेतृत्वको सरकार असंवैधानिक भएको भन्दै नेपाली कांग्रेस, जसपा नेपाल, माओवादी केन्द्र र लोसपाका नेताहरूले रिट दर्ता गरेका हुन्।
रिट दर्ता गर्न उनीहरू पूर्व मुख्यन्यायाधिवक्ता दीपेन्द्र झासहित सर्वोच्च पुगेका थिए । गत सोमवार प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले दलहरूलाई छल्दै एमाले नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी थिइन्।
सोमबार बर्दिबासको होटलमा यादवलाई शपथ खुवाइएकी भण्डारीलाई मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले पदमुक्त गरेका छन् ।














