काठमाडौं, २३ कार्तिक । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले दुःख र सङ्घर्षबीच पनि खुसी रहन सक्ने क्षमता नै जीवनको वास्तविक सुख भएको बताएका छन् ।
प्रेस काउन्सिल नेपाल र जीवन विज्ञानको सहकार्यमा सञ्चारग्राममा आयोजित ‘संवाद र सञ्चारमा स्वजागरणः सुख, शान्ति र समृद्धिको जागरण’ कार्यक्रममा उनले मनको शान्ति र सकारात्मक सोचले दीर्घकालीन मानसिक सन्तुलन दिन सक्ने बताएका हुन् ।
कार्यक्रममा जीवन विज्ञानका विशेषज्ञ एलपी भानु शर्माले आत्मसन्तुष्टि र ध्यानमार्फत मानिसले मानसिक तनाव घटाउन सक्ने धारणा राखे ।
प्रेस काउन्सिलका सदस्य पदमराज जोशीले आत्मखुसी र सन्तोषलाई जीवनको समृद्धिको आधार भने । कार्यक्रममा सञ्चारकर्मी, सरकारी अधिकारी र जीवन विज्ञान अभ्यासकर्ताको उपस्थिति रहेको थियो ।














