सुनसरी, २२ कार्तिक । सुनसरीको बर्जु गाउँपालिका– ५ मा रहेको भित्री सडक खण्डबाट प्रहरीले लागुऔषध गाँजा बरामद गरेको छ ।
शुक्रबार राति ८ बजे इलाका प्रहरी कार्यालय दुहबी र सितागंजबाट खटिएको प्रहरी टोलीले बागमती प्रदेश–०१–०२७ च ०२४० नम्बरको स्कार्पियो गाडीबाट उक्त गाँजा फेला पारेको हो ।
प्रहरीले गाडीबाट २ सय ५७ किलो ४५ ग्राम गाँजा बरामद गरेको छ । गाडी चालकको खोजी र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














