काठमाडौं, २१ कात्तिक । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले विगतमा पार्टी परित्याग गरेका सबै नेता तथा कार्यकर्तालाई पुनः पार्टीमा फर्किन आह्वान गरेका छन् ।
ललितपुरको इमाडोलमा सम्पन्न केन्द्रीय समिति बैठकपछि अध्यक्ष यादवले भने, “जसपा नेपाल हामी सबैको साझा संगठन हो, विगतका असन्तुष्टि र कारणहरूले पार्टी छाडेकाहरूलाइ पुनः स्वागत छ ।
संकोच वा अप्ठ्यारो नमानि पुरानै घर फर्किनुहोस् । बैठकले पार्टीलाई थप संगठित, समावेशी र बलियो बनाउने लक्ष्यका साथ ‘पुरानै घर फर्कने अभियान’ सुरु गर्ने निर्णय पनि गरेको छ ।
पार्टीमा फर्किनेहरूलाई योग्यताको आधारमा जिम्मेवारी दिइने जसपाले जनाएको छ ।














