KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

सांसदका स्वकीय सचिव हटाउने सरकारको निर्णयप्रति संघ र प्रदेश सभाका पदाधिकारी असन्तुष्ट

सांसदका स्वकीय सचिव हटाउने सरकारको निर्णयप्रति संघ र प्रदेश सभाका पदाधिकारी असन्तुष्ट

काठमाडौं, २१ कात्तिक । सरकारले खर्च कटौतीको नाममा संघीय संसद् र सातै प्रदेश सभाका सांसदहरूलाई दिइँदै आएको ८८स्वकीय सचिव (व्यक्तिगत सहायक)८८को सुविधा खारेज गरेपछि संसदका पदाधिकारीहरू रुष्ट भएका छन् ।

संघीय संसद् र सात वटै प्रदेश सभासहित कुल ८८४ सांसद मध्ये सभामुख र राष्ट्रिय सभाका अध्यक्षबाहेक ८७५ जनाको स्वकीय सचिव सुविधा हटाइएको हो । सरकारले संघीय संसद्का सभामुख र राष्ट्रिय सभाका अध्यक्षको सुविधा भने यथावत् राखेको छ ।

सुदूरपश्चिम प्रदेशमा भने राजनीतिक दलहरूले सर्वदलीय सहमतिमा सांसदका स्वकीय सचिव यथावत् राख्ने निर्णय गरेका छन्, तर सो निर्णय कानुनी रूपमा मान्य हुने नहुनेबारे अन्योल छ । सरकारको निर्णयपछि संघीय संसद् र प्रदेश सभाका पदाधिकारीहरूले असन्तुष्टि जनाउँदै प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर निर्णय पुनर्विचार गर्न आग्रह गरेका छन् ।

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, उपसभामुख इन्दिरा राना, राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाल, उपाध्यक्ष बिमला घिमिरे लगायतका पदाधिकारीहरूले बालुवाटारमा पुगेर विरोध जनाएका थिए । सभामुख घिमिरेका अनुसार सांसदहरूको स्वकीय सचिव हटाइनु “संसद्माथिको आक्रमण” हो । उनले भने, “मितव्ययिताको नाममा गरिएको यो कदम गलत छ, यसले संस्थागत सन्तुलन बिगार्छ ।”

यसैबीच, संघ र सातै प्रदेश सभाका पदाधिकारीहरूले संयुक्त रूपमा आगामी रणनीति तय गर्न सिंहदरबारस्थित राज्य व्यवस्था तथा सुशासन समितिको कक्षमा बैठक आयोजना गरेका छन् ।

सो बैठकमा सरकारले प्रशासन सुधारको नाममा सांसदहरूको कर्मचारी सुविधा कटौती गरेको विषयमा विस्तृत छलफल भइरहेको छ । सरकारले यो निर्णय संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन, २०७३ को अनुसूची परिमार्जन गरेर लागू गरेको हो ।

Facebook Comment

Related Posts

टस जित्दै रोहित पौडेलको ब्याटिङ रोजाइ

टस जित्दै रोहित पौडेलको ब्याटिङ रोजाइ

दलीय राजनीति हटाउने कदम प्रणाली बचाउने प्रयास : प्रधानमन्त्री

दलीय राजनीति हटाउने कदम प्रणाली बचाउने प्रयास : प्रधानमन्त्री

मधेश राजनीतिमा अन्योल : जनमतभित्रै मतभेद चुलियो

मधेश राजनीतिमा अन्योल : जनमतभित्रै मतभेद चुलियो

आर्थिक रूपान्तरणको प्रस्थान बिन्दुमा नेपाल : अर्थमन्त्री वाग्ले

लगानीमैत्री वातावरण बनाउने सरकारको प्रतिबद्धता

खड्का-कोइराला समूहसँग छलफल गर्न कांग्रेस बैठक बस्दै

सुकुमबासी व्यवस्थापनमा सरकार असफल-कांग्रेसको आरोप

शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश

शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar