काठमाडौं, २१ कात्तिक । प्रधानमन्त्री सुशीला कार्कीले नागरिकहरूलाई मतदातामा नामावली नाम दर्ता गर्न आग्रह गरेकी छन् ।
नाम दर्ता गर्न तोकिएको म्याद ९ दिन मात्र बाँकी रहेको भन्दै कार्कीले नामावलीमा नाम दर्ता गर्न आग्रह गरेकी हुन् ।
उनले आज एक्स अकान्टमा लेखेकी छन्, ‘तपाईंको मत नै तपाईंको आवाज हो । मतदाता परिचयपत्र दर्ता गर्न अब मात्र ९ दिन बाँकी ।’
निर्वाचन आयोगले फागुन २१ गते हुने निर्वाचनका लागि कात्तिक ३० गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गराउने कार्यतालिका निर्धारण गरेको छ ।














