काठमाडौं, १९ कात्तिक । एकीकृत समाजवादीकी संस्थापक नेतामध्ये एक रामकुमारी झाँक्रीले सो पार्टीसँगको आफ्नो राजनीतिक यात्रा टुंगिएको घोषणा गरेकी छन् ।
बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा झाँक्रीले पार्टी विघटनको अवस्थासँगै आफूहरूको यात्रा पनि अन्त्य भएको बताइन् ।
उनका अनुसार, माधवकुमार नेपालको नेतृत्वमा रहेको नेकपा (एकीकृत समाजवादी) ले नेकपा (माओवादी केन्द्र) सँग एकता गर्ने निर्णय गरेपछि पार्टीले आफ्नो अस्तित्व गुमाएको छ ।
तर उनले सो निर्णयसँग आफू र केही नेताहरू असहमत रहेको प्रष्ट पारिन् ।














