काठमाडौं, १७ कार्तिक । प्रधानमन्त्री सुशीला कार्कीले सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग संयुक्त छलफल गर्दै मुलुकको अवस्था, निर्वाचन र प्रदेशका चुनौतीबारे खुलेर संवाद गरिन् ।
उनले सबै तहका सरकारबीच सहकार्य र संवैधानिक सीमाभित्र रहेर काम गर्नुपर्नेमा जोड दिइन् । प्रधानमन्त्रीले मुलुक सुधार्ने जिम्मा आफ्नै हातमा भएको बताउँदै स्थायित्वका लागि निर्वाचन आवश्यक रहेको उल्लेख गरिन् ।
सुरक्षा तयारी, निर्वाचन सामग्री र अन्तर्राष्ट्रिय सहयोगको प्रगति पनि उनले साझा गरिन् ।
मुख्यमन्त्रीहरूले आफ्ना समस्या र सुझाव राख्दा प्रधानमन्त्रीले “हामी सबै मिलेर देश बनाउँछौं” भन्ने सन्देश दिइन् ।














