काठमाडौं, १६ कार्तिक । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायतका विभिन्न ८ कम्युनिस्ट घटकबीच पार्टी एकताको सहमति भएको छ ।
पार्टीको नाम टुंगो लगाउन लागेको छैन भने चुनाव चिह्न पाँच कुने तारा राख्ने सहमति भएको जनाएको छ । आइतबार पार्टी एकतासम्बन्धी सहमति पत्रमा हस्ताक्षर भएको हो ।
कात्तिक १९ गते एकता घोषणा हुने र ६ महिनाभित्र एकता राष्ट्रिय महाधिवेशन आयोजना गर्ने सहमति पत्रमा उल्लेख गरिएको छ ।
त्यस्तै पार्टीको मार्गदर्शक सिद्धान्त माक्र्सवाद, लेलिनवाद हुनेछ । एकताको महाधिवेशन नहुन्जेलसम्मलाई संयोजक र स संयोजक रहने छन् ।














