झापा, १६ कार्तिक । झापाको शिवसताक्षी नगरपालिका–१० का ३३ वर्षीय सरोज शर्माको आफ्नै साथी सुनिल साह (२७) र उनका भान्जा राहुल साह (२३) ले अपहरणपछि हत्या गरेको खुलेको छ ।
प्रहरीका अनुसार सुनिलले सरोजसँग भएको पैसा लुट्ने योजनाअनुसार कात्तिक ९ गते “सुन ल्याएको छु” भन्दै उनलाई अर्जुनधारा नगरपालिका–४ को जंगलमा बोलाए ।
त्यहीँ ह्याम्मर प्रहार गरी हत्या गरी शवलाई झापा–५ विरिङ खोलामुनि गाडिएको थियो । पछिल्लो प्रमाण नष्ट गर्न कात्तिक १३ गते सरोजको बा१३च ३८६४ नम्बरको गाडी जलाइएको फेला परेको थियो ।
मोबाइल ट्र्याकिङबाट सुनिल र राहुलको संलग्नता पत्ता लागेपछि प्रहरीले विराटनगर र शिवसताक्षीबाट दुवैलाई पक्राउ ग¥यो ।
प्रहरीले उनीहरूविरुद्ध अपहरण, कर्तव्यज्यान, आपराधिक प्रवेश र शरीर बन्धकको अभियोगमा जिल्ला अदालत झापाबाट सात दिनको म्याद लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।














