काठमाडौं, १६ कात्तिक । नेपाल जेनजी फ्रन्टले मतदाता सचेतना अभियान सुरु गरेका छन् । फ्रन्टका सदस्य अमृता बन र ऋषि थापाको नेतृत्वमा फÞरीद अलीलगायतको टोलीले कोटेश्वर क्षेत्रबाट अभियानको सुरुवात गरेको हो ।
उक्त अभियान अन्तर्गत टोलीले घरदैलो कार्यक्रम सञ्चालन गर्दै नागरिकहरूलाई मतदाता नामावली दर्ता र मतदाता परिचयपत्र अनलाइनमार्फत बनाउन सकिने प्रक्रियाबारे जानकारी दिएको छ ।
अभियानका क्रममा नागरिकहरूलाई कात्तिक ३० भित्र दर्ता प्रक्रिया पूरा गर्न आग्रह गरिएको छ । कार्यक्रम संयोजक अमृता बनका अनुसार धेरै जिम्मेवार नागरिकहरू भए पनि अझै धेरैलाई अनलाइन दर्ता प्रक्रियाबारे जानकारी नभएकाले टोलीले घरमै पुगेर जानकारी दिने निर्णय गरेको हो ।














