काठमाडौं, १५ कार्तिक । प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचन तयारीका विषयमा नेपाली कांग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासँग परामर्श गरेकी छिन् ।
बालुवाटारमा भएको करिब एक घण्टे भेटमा निर्वाचनमा दलहरूको प्रतिबद्धता, तयारी र युवाआन्दोलनका माग सम्बोधनबारे छलफल भएको थियो ।
कांग्रेस नेताद्वयले पार्टी निर्वाचनमा जान प्रतिबद्ध रहेको र एमालेलाइ पनि सहभागिताका लागि मनाउन सरकारसँगै प्रयास गर्ने बताए । प्रधानमन्त्रीले एमाले नेतृत्वसँग पनि शीघ्र भेटवार्ता गर्ने तयारी गरेकी छन् ।














