काठमाडौँ, १५ कार्तिक । नेकपा एमालेले प्रतिनिधि सभा पुनस्र्थापनाका लागि जनपरिचालन गर्ने भएको छ ।
शनिबार बसेको एमाले सचिवालय बैठकले देशका ६ हजार ७ सय ४३ वटै वडामा आगामी कात्तिक २२ गते जनभेला गर्ने भएको छ । सबै पालिकामा कात्तिक २५ गते र सबै जिल्लामा २९ गते जनसभा गर्ने निर्णय गरेको छ ।
मंसिर ६ गते काठमाडौँमा जनसभा गर्ने निर्णय गरेको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । बैठकले विधान महाधिवेशनबाट पारित दस्तावेजहरू अन्तिम रूप दिएर प्रकाशित गर्ने निर्णय गरेको छ ।
त्यस्तै सचिवालय बैठकले चार वटा समसामयिक प्रस्ताव पनि पारित गरेको छ ।














