काठमाडौँ, १५ कार्तिक । पार्टी एकताबारे निर्णय गर्न नेकपा माओवादी केन्द्रले सचिवालय बैठक बोलाएको छ ।
बैठक शनिबार अपराह्न ३ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने नेता अग्नि सापकोटाले जानकारी दिए । एकीकृत समाजावादीको केन्द्रीय समिति बैठकले माओवादीसँग एकता गर्ने निर्णय गरेको थियो ।
माओवादी केन्द्रको बैठकले एकतापछिको पदीय व्यवस्थापन र पार्टी सञ्चालनको ‘मोडालिटी’ बारे छलफल हुने सापकोटाले बताए ।














