काठमाडौं, ११ कार्तिक । नेत्र विक्रम चन्द विप्लवले आफ्नो पार्टी निर्वाचन आयोगमा दर्ताका लागि निवेदन दिने भएका छन् ।
विप्लवकै नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टी दर्ताका लागि मंगलबार उक्त पार्टीका नेताहरू निर्वाचन आयोग जाँदैछन् ।
उनीहरूले १२:४५ बजे निर्वाचन आयोगले समय दिएको बताएका छन् ।














