जनकपुर, ७ कार्तिक । मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनलले छठ पर्वपछि विश्वासको मत लिने तयारी गरेका छन् ।
असोज २९ गते नियुक्त भएका सोनलले संवैधानिक रूपमा ३० दिनभित्र विश्वासको मत लिनुपर्नेछ । सोनललाई जसपा नेपाल, जनमत पार्टी, माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र एकीकृत समाजवादीको समर्थन छ,यी पाँच दलका ५७ सांसद छन् ।
तर जनमत पार्टीका दुई सांसद जनस्वराज पार्टीमा गएका र जसपाका एक सांसद निलम्बित भएकाले मतसंख्या घट्न सक्ने देखिन्छ ।
यद्यपि मुख्यमन्त्री सोनल विश्वासको मत सहजै प्राप्त हुनेमा आत्मविश्वास गरेका छन ।














