काठमाडौं, ३१ असोज । ’गरिखान देउ’ अभियानका संयोजक मिराज ढुंगानाले पार्टी घोषणा गर्ने भएका छन् ।
शनिबार काठमाडौँमा होटल एभरेस्टमा दिउँसो १ बजे पत्रकार सम्मेलन गरी पार्टी घोषणा गर्न लागेको उनले बताएका छन् । टिकटकमा एक भिडिओ सार्वजनिक गर्दै उनले पार्टी खोल्नै पर्ने अवस्था आएको र त्यसका लागि वार्ता समितिले काम गरिरहेको बताएका हुन् ।
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनलाई परिवर्तन भन्दै आफूहरू अझै डटेर शान्तिपूर्ण रुपमा लड्ने बताएका छन् । यो आन्दोलन देशको मुहार फेर्ने अभियान भएको र यो फर्किएर धेरै समयसम्म नआउने भन्दै उनले देशको विकास होस् भन्ने चाहना हुनेहरूलाई आफूसँग जोडिन आह्वान पनि गरेका छन् ।
देश गम्भीर अवस्थामा छ, ७८ जना नेपालीले ज्यान गुमाउनु परेको छ । अहिले देशले निकाश खोजिरहेको छ र त्यसमा हामी आफूलाई जिम्मेवार ठान्छौँ र निकास दिलाएरै छोड्छौँ’ उनले भने ।














