KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

जेन–जी आन्दोलनका शहीद परिवारलाई १५ लाख राहत रकम वितरण सुरु

जेन–जी आन्दोलनका शहीद परिवारलाई १५ लाख राहत रकम वितरण सुरु

काठमाडौं, २६ असोज । भदौमा जेन–जी आन्दोलनको क्रममा ज्यान गुमाएका गोरखावासी शहीदहरूको परिवारलाई जिल्ला प्रशासन कार्यालय गोरखाले राहत रकम वितरण कार्य सुरु गरेको छ ।

प्रमुख जिल्ला अधिकारी (प्रजिअ) रामुराज कडरियाका अनुसार केही दिनअघिदेखि राहत वितरण प्रक्रिया अघि बढाइएको हो ।

आज पालुङटार नगरपालिका–३ निवासी स्व. अनिष पराजुलीको परिवारलाई औपचारिक रूपमा राहत रकम प्रदान गरिएको उनले बताए ।

पराजुलीकी पत्नी मञ्जु पौडेललाई वडाध्यक्ष रविन्द्र अधिकारी, सुरक्षा निकायका प्रतिनिधि तथा अन्य स्थानीय अधिकारीहरूको उपस्थितिमा राहत रकम हस्तान्तरण गरिएको थियो ।

प्रजिअ कडरियाका अनुसार प्रत्येक शहीद परिवारलाई १५ लाख रुपैयाँ राहतस्वरूप उपलब्ध गराइँदैछ । सो रकममध्ये १० लाख आर्थिक सहयोग र ५ लाख काजक्रिया तथा यातायात खर्चका लागि छुट्याइएको छ ।

“रकम सिधै पीडित परिवारको बैंक खातामा जम्मा गरिएको छ,“ उनले भने । २३ र २४ भदौमा भएको जेन–जी आन्दोलनका क्रममा गोरखाका चार जनाले ज्यान गुमाएका थिए।

मृतकमा अनिष पराजुलीसँगै बारपाक सुलिकोट–५ का बिमलबाबु भट्ट, गण्डकी गाउँपालिका–४ का अर्जुन भट्ट, र सिरानचोक–२ का सरोज गुरुङ रहेका छन् । तीमध्ये पराजुलीसहित तीन जनाका परिवारले राहत प्राप्त गरिसकेका छन्। सिरानचोकका सरोज गुरुङको परिवारले चाँडै राहत बुझ्ने जनाएको प्रजिअ कडरियाले बताए ।

सरकारले आन्दोलनका क्रममा ज्यान गुमाउनेहरूलाई शहीद घोषणा गर्दै परिवारलाई राहत दिने निर्णय यसअघि नै गरिसकेको थियो। सो निर्णयअनुसार गोरखामा शहीद परिवारलाई राहत वितरण प्रक्रिया अघि बढाइएको हो।

Facebook Comment

Related Posts

चितवनमा बस, ट्रक र माइक्रोबस ठोक्किँदा ११ जना घाइते

चितवनमा बस, ट्रक र माइक्रोबस ठोक्किँदा ११ जना घाइते

लक्ष्मेश्वर यादवको टिप्पणीप्रति जिल्ला प्रहरी कार्यालय धनुषाको असन्तुष्टि

लक्ष्मेश्वर यादवको टिप्पणीप्रति जिल्ला प्रहरी कार्यालय धनुषाको असन्तुष्टि

एनपीएल : आज दुई खेल, चितवन-विराटनगर र जनकपुर–कर्णाली भिड्दै

एनपीएल : आज दुई खेल, चितवन-विराटनगर र जनकपुर–कर्णाली भिड्दै

चक्रवात ‘अर्णव’को प्रभाव नेपालमा पनि, भारी वर्षा र हिमपातको चेतावनी

चक्रवात ‘अर्णव’को प्रभाव नेपालमा पनि, भारी वर्षा र हिमपातको चेतावनी

स्याङ्जाबाट गुल्मी जाँदै गरेको स्कारपियो दुर्घटना, ६ जनाको मृत्यु पुष्टि

स्याङ्जाबाट गुल्मी जाँदै गरेको स्कारपियो दुर्घटना, ६ जनाको मृत्यु पुष्टि

सुदूरपश्चिमलाई ८७ रनमा समेट्दै लुम्बिनीको शानदार जित

सुदूरपश्चिमलाई ८७ रनमा समेट्दै लुम्बिनीको शानदार जित

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar