काठमाडौं, २१ असोज । हालैको बाढीपहिरोबाट घरवारविहीन भएका नागरिकका लागि सरकारले तत्काल अस्थायी आवासको व्यवस्था गर्ने भएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकपछि आयोजित पत्रकार सम्मेलनमा सरकारले प्रभावित परिवारलाई अस्थायी बसोबासका साथै राहत रकम पनि शीघ्र वितरण गर्ने निर्णय गरेको जानकारी दिएको छ ।














