KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

“११औं महाधिवेशन तर्फ एमाले, नेतृत्व चयनमा तीनथरी मत”

“११औं महाधिवेशन तर्फ एमाले, नेतृत्व चयनमा तीनथरी मत”

काठमाडौं,२० असोज । जेनजी आन्दोलनपछि नेकपा एमालेको नेतृत्व छाड्न केही नेताले अध्यक्ष केपी शर्मा ओलीलाई दबाब दिइरहेका छन् । यद्यपि पार्टीको यसबीचमा बसेको सचिवालय बैठकमा कुनै पनि पदाधिकारीले राजीनामा दिन औपचारिक आग्रह भने गरेनन् ।

ओली भने महाधिवेशन आयोजना गर्ने सोचमा रहेको नेताहरूले बताएका छन् ।
आन्दोलनलगत्तै उपाध्यक्ष सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली, सचिव योगेश भट्टराई, गोकर्ण विष्टलगायतले पार्टी पुनर्गठन र ओलीको बहिर्गमनको माग गरेका थिए ।

सचिवालयको अब बस्ने बैठकमा ती नेताले औपचारिक रूपमा आफ्नो धारणा दर्ज गर्ने तयारी छ ।
सचिव योगेश भट्टराई पार्टी पुनर्गठनको विकल्प नभएको बताउँछन् ।

आसन्न सचिवालय बैठकलगायत पार्टीका आधिकारिक फोरममा आफूहरूका राय स्पष्टसाथ राख्ने उनले बताए ।

भट्टराईले नेपाल प्रेससँग भने, ‘कार्यवाहक दिएर महाधिवेशनमा जाँदा स्वयं अध्यक्षज्यूका लागि पनि हितकर हुन्छ । बेलैमा नसोच्ने र पुनर्गठनमा नलाग्ने हो भने पार्टीले झन् ठूलो क्षति व्यहोर्नुपर्छ ।’
एमालेले यसअघि नै असोजको अन्तिम साता केन्द्रीय कमिटी बैठक आह्वान गरिसकेकाले अब केन्द्रीय कमिटीबाटै निर्णय हुने पोलिटब्युरो सदस्य सूर्य थापाले बताए ।

उनले नेतृत्व भन्ने कुरा बाटो बाटोमै कसैलाई हस्तान्तरण गर्ने विषय नभएकाले पार्टीको वैधानिक फोरमबाट टुंगो लाग्ने बताए ।
थापाले भने–महाधिवेशनपछिको पार्टीको सर्वोच्च निकाय केन्द्रीय कमिटी हो । अन्य कमिटीहरूले सुझाव, धारणा र समसामयिक विषयमा छलफल गर्न सक्छन् ।

तर, केन्द्रीय कमिटी नै महाधिवेशनबाहेकको सर्वोच्च निकाय भएकाले अबको बैठकले महाधिवेशनको मिति तोक्न सक्छ ।
एमालेको विधान महाधिवेशन सम्पन्न भइसकेकाले अब जतिसक्दो चाँडो ११ औं महाधिवेशन आयोजना हुने केन्द्रीय सदस्य तथा संगठन विभाग सचिव माधव ढुंगेल बताउँछन् ।

विधान महाधिवेशनले नीति बनाउने काम गरिसकेकाले अब नेतृत्वको लागि एघारौं महाधिवेशन हुने उनको भनाइ छ ।
एमाले स्रोतका अनुसार चाँडोमा मंसिरदेखि ढिलोमा फागुनभित्र महाधिवेशन आयोजना हुनेछ ।

फागुन २१ मा चुनाव हुने भनिएकाले मंसिर वा पुसभित्र महाधिवेशन आयोजना गर्न सकिने नेताहरूको भनाइ छ । तर, फागुन २१ मा चुनाव हुने कुरामा एमालेका कोही पनि नेता विश्वस्त भने छैनन् ।
असोज १२ मा अध्यक्ष केपी ओलीको गुण्डुस्थित डेरामा बसेको एमाले सचिवालय बैठक ।

केही पदाधिकारीसहितका नेताहरू भने महाधिवेशनअघि नै अध्यक्ष ओलीले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई कार्यवाहक दिएर पार्टीमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको प्रक्रिया थाल्न पार्टी र अध्यक्ष ओली स्वयंलाई फाइदा हुने र बाहिर पनि राम्रो सन्देश जाने दाबी गरिरहेका छन् ।
ओलीले महाधिवेशनअघि नै नेतृत्व हस्तान्तरण गरेर आफू अभिभावक बन्दा राम्रो हुने सुझाव उनीहरूको छ । यसमा सचिवालयभित्र ईश्वर पोखरेल, सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली, गोकर्ण विष्ट, योगेश भट्टराईहरू देखिएका छन् । विशेषगरी हिजो विद्या भण्डारीको सदस्यता स्थगन गर्न हुँदैन भन्ने मत राख्ने नेताहरू एक ठाउँमा छन् ।

पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले त ओलीले नेतृत्व छाड्नुपर्ने र विद्या भण्डारीको सदस्यता फुकुवा गर्नुपर्ने प्रष्ट बताइसकेका छन् । ओलीले नेतृत्व छाड्नुपर्ने भन्नुको अर्थ पार्टीको अझ सम्मानित अभिभावक बनेर नयाँ पुस्तालाई अघि बढाउन आग्रह गरिएको उनको भनाइ छ ।

बास्कोटा विद्या भण्डारीको नेतृत्वमा एमाले र कम्युनिस्ट आन्दोलनको पुनर्गठनको पक्षमा छन् ।
बास्कोटाले भने–हामीले गम्भीर ढंगले विचार नपु¥याउने हो भने देश र कम्युनिस्ट आन्दोलन झन ठूलो दुर्गतिमा जाने देखिन्छ । आजको जेनजी पुस्ता भन्नुस वा आज आन्दोलनमा गएको पुस्ता भनेको वामपन्थी चेत भएको युवा हो ।

त्यो युवा कुनै एक व्यक्ति वा नेतृत्वका कारण एमालेप्रति घृणामा गयो भने हामीलाई वर्षौंसम्म ठूलो क्षति हुन्छ । परिवर्तनको चाहना राख्ने वामपन्थी चेत आज हामीबाट किन भड्कियो भन्ने बुझेर निर्णयमा पुग्न ढिला गर्नु हुँदैन ।

आज कुनै एक नेताकोविरुद्ध नारा लगाएको पुस्ताले सिंगो पार्टीविरुद्ध नजाओस् भनेर मैले यो कुरा उठाएको हुँ ।
नेतृत्व छाड्न परेका दबाब निस्तेज पार्न ओलीले देशभरका जिल्ला तहका नेता कार्यकर्तासँग समेत संवाद गरिरहेका छन् । गुण्डुस्थित निवासमा केन्द्रदेखि जिल्लासम्मका नेताहरूको आवागमन बाक्लिएको छ ।

दशैँभरी पनि ओलीले टीकाटालोकै क्रममा नेता कार्यकर्ताको समर्थन खोजेको बुझ्न सकिन्छ ।
पार्टी केन्द्रीय कमिटीमा महाधिवेशनको मिति प्रस्ताव गर्नेबाहेक अन्य ठूलो निर्णय ओलीबाट नहुनेमा नेताहरु पनि मानसिकरूपमा तयार नै देखिन्छन् ।

एमालेको नेतृत्व म गर्छु भनेर कुनै पनि नेता अघि नसरेको भन्दै ओलीनिकट नेताहरू अहिले नेतृत्व छाड्ने वा वैधानिक फोरमबाहेक अन्यत्रबाट कार्यवाहक दिने सम्भावना नरहेको बताउँछन् ।
एमालेमा ओलीकै नेतृत्व कि हस्तान्तरण वा पुस्तान्तरण भन्ने तीनखाले विचार प्रकट भएका छन् ।

कोर टीमका नेताहरू ओलीबाहेक अरुले नेतृत्व गर्न नसक्ने तर्क दिइरहेका छन् । त्यो तर्कको पछाडि ओली बाहिरिँदा आफूहरू पनि पार्टीको मूलधारबाट बाहिरिनुपर्ने भयले काम गरेको अर्काथरि नेताहरूको दाबी छ ।

दोस्रो तहको नेताहरू हस्तान्तरणका पक्षमा छन् । त्यसो हुँदा ईश्वर पोखरेल, विद्या भण्डारी, विष्णु पौडेल सुरेन्द्र पाण्डेलगायतका नेताहरूमा प्रतिस्पर्धाबाट नेतृत्व जाने तर्क उनीहरूका छन् । तेस्रो पुस्ताका नेताहरू भने पुस्तान्तरणको पक्षमा छन् । पुस्तान्तरण हुँदा अहिलेका पदाधिकारीमध्ये वा त्यो भन्दा तल जानुपर्ने खाले विचारहरू छिरल्लिएको छ ।

Facebook Comment


Related Posts

दोहोरो सुविधा नियन्त्रणमा सरकारले पूर्वविशिष्टको विवरण माग

दोहोरो सुविधा नियन्त्रणमा सरकारले पूर्वविशिष्टको विवरण माग

संसदीय समितिद्वारा सुकुमवासीका होल्डिङ सेन्टरको अनुगमन गर्ने निर्णय

संसदीय समितिद्वारा सुकुमवासीका होल्डिङ सेन्टरको अनुगमन गर्ने निर्णय

कम्बोडियामा अलपत्र ६३ नेपालीका लागि यात्रा अनुमति तयार

कम्बोडियामा अलपत्र ६३ नेपालीका लागि यात्रा अनुमति तयार

मधेश र लुम्बिनीमा आज तीव्र हावाहुरीको चेतावनी

मौसम बदली, दिउँसो र राति वर्षा हुने सम्भावना

रोयल कालिङ्गा क्यासिनोमा जुवा खेल्दै पक्राउ परे १९ जना

रोयल कालिङ्गा क्यासिनोमा जुवा खेल्दै पक्राउ परे १९ जना

आर्थिक रूपान्तरणको प्रस्थान बिन्दुमा नेपाल : अर्थमन्त्री वाग्ले

बजेट तर्जुमा अघि रास्वपाको रणनीतिक छलफल सुरु

ताजा समाचार

दोहोरो सुविधा नियन्त्रणमा सरकारले पूर्वविशिष्टको विवरण माग

दोहोरो सुविधा नियन्त्रणमा सरकारले पूर्वविशिष्टको विवरण माग

संसदीय समितिद्वारा सुकुमवासीका होल्डिङ सेन्टरको अनुगमन गर्ने निर्णय

संसदीय समितिद्वारा सुकुमवासीका होल्डिङ सेन्टरको अनुगमन गर्ने निर्णय

कम्बोडियामा अलपत्र ६३ नेपालीका लागि यात्रा अनुमति तयार

कम्बोडियामा अलपत्र ६३ नेपालीका लागि यात्रा अनुमति तयार

मधेश र लुम्बिनीमा आज तीव्र हावाहुरीको चेतावनी

मौसम बदली, दिउँसो र राति वर्षा हुने सम्भावना

रोयल कालिङ्गा क्यासिनोमा जुवा खेल्दै पक्राउ परे १९ जना

रोयल कालिङ्गा क्यासिनोमा जुवा खेल्दै पक्राउ परे १९ जना

आर्थिक रूपान्तरणको प्रस्थान बिन्दुमा नेपाल : अर्थमन्त्री वाग्ले

बजेट तर्जुमा अघि रास्वपाको रणनीतिक छलफल सुरु


कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar