काठमाडौं, १६ असोज । प्रतिनिधि सभा विघटनसँगै निर्वाचन तालिका फेरिएको छ । अब संघ, प्रदेश र स्थानीय तहको निर्वाचन तीन चरणमा हुनेछ ।
आगामी फागुन २१ गते संघीय संसद (प्रतिनिधि सभा) को चुनाव हुनेछ भने स्थानीय तहको निर्वाचन २०८४ सालको वैशाख अन्त्यतिर र प्रदेश सभा चुनाव सोही सालको मंसिरमा गरिनेछ ।
यो परिवर्तनसँगै प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तहको चुनाव एकैचोटि नगरी फरक–फरक समयमा हुने निश्चित भएको छ ।
जेनजी आन्दोलनपछि प्रधानमन्त्री ओलीले राजीनामा दिएपछि अन्तरिम सरकार गठन भई फागुन २१ का लागि चुनाव मिति तय गरिएको हो ।
निर्वाचन आयोगका अनुसार अबदेखि तीन तहको निर्वाचन फरक चरणमा हुने वातावरण बनेको छ ।














