काठमाडौं, १५ असोज । मंगलबार राति फिलिपिन्समा गएको ६.९ म्याग्निच्युडको भूकम्पमा परी मृत्यु हुनेको संख्या ६९ पुगेको छ ।
अधिकारीहरूका अनुसार, सबैभन्दा धेरै मृत्यु बोगो सहरमा ३० जनाको भएको छ ।
यसपछि सान रेमिगियोमा २२, मेडेलिनमा १०, टुबोगोनमा ५ र सोगोड र ताबुएलानमा एक–एक जनाको मृत्यु भएको छ ।














