सर्लाही, १५ असोज । आज सर्लाही हरिपुर्वा नगरपालिका–१ हर्दी नदीमा माटोको ढिस्को खस्दा पुरिएर चारजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा दुई बालबालिका छन् । महोत्तरी सोनमा गाउँपालिका वार्ड नं ६ मगरथाना बस्ने बेधु मंसुरकी ६५ वर्षीया श्रीमती सायदा खातुन, वर्ष ६ की सविवा खातुन, अल्लाउदिन मंसुरका ८ वर्षीय छोरा डिल्लु मंसुर र नसरुल शेखकी ९ वर्षकी छोरी नर्गिस खातुन छन् ।
दशैंका लागि घर लिपपोत गर्ने माटो खन्ने क्रममा ढिस्को खसेको थियो । बिहान ९:२० बजे ढिस्को खस्दा चारैजना पुरिएका थिए ।
घाइतेहरुलाई निकाली प्रादेशिक अस्पताल मलंगवा पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।














