एजेन्सी । रोमानियाको एक होटलमा भएको आगलागीमा परी २ नेपाली महिलाको मृत्यु भएको छ ।
सोमवार आगलागी भएको होटल डाले हो । उक्त होटल रोमानियाको राजधानी बुखारेष्टबाट लगभग ५२ किलोमिटरमा दुरीमा पर्ने प्रहोभा सहरमा पर्छ ।
आगलागीमा परेर २१ र २४ वर्षका राई तथा तामाङ थरका दुई नेपाली महिलाको घटना स्थलमै मृत्यु भएको हो । मृत्यु भएका २ जना नेपाली महिलाहरू सोहि होटलमा कामदार रहेको बताइएको छ ।
होटलको माथिल्लो तलामा सुतेको अबस्थामा २ जनाको मृत्यु भएको हो । १ जनाको अस्पतालमा उपचार भइरहेको होटल बाहिर सुतेका अर्को १ जना सकुशल रहेका छन् ।
अग्नि सुरक्षा सम्बन्धी अनियमितताका कारण उक्त होटल एक हप्ता अघि नै प्रशासनले बन्द गरेको बताइएको छ । रोमानियाका स्थानीय सञ्चार माध्यम र नेपाली समुदायबाट घटनाको जानकारी प्राप्त भएको र आवश्यक समन्वयका लागि पहल भइरहेको जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासले जनाएको छ ।














