काठमाडौँ, ८ असोज । प्रधानमन्त्री सुशीला कार्कीले बिहीवार राष्ट्रको नाममा सम्बोधन गर्ने तयारी गरेकी छिन् ।
प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार प्राविधिक समस्या नभए बिहीवार साँझ राष्ट्रको नाममा सम्बोधन गर्ने कार्यतालिका रहेको छ ।
उनी जेनजी आन्दोलनपछि भदौँ २७ गते प्रधानमन्त्री नियुक्त भएकी थिइन् ।
सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन तोकेको छ । उनले यसै समसामयिक विषयमा सम्बोधन गर्ने जनाइएको छ ।














