जनकपुर, ८ असोज । बौद्धिक समाज, धनुषाले दशैं, दीपावली र छठजस्ता प्रमुख चाडपर्वको अवसर पारेर असोज ४ गते आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रमको समिक्षा गरेको छ ।
समीक्षा कार्यक्रममा उपस्थित वक्ताहरूले चाडपर्वले आपसी मेलमिलाप, सद्भाव र सामाजिक ऐक्यबद्धता अभिवृद्धि गर्ने भएकाले यस्ता कार्यक्रम निरन्तर गर्नुपर्ने आवश्यकता औंल्याएका थिए ।
समीक्षा कार्यक्रममा, समाजले कार्यक्रममा भएको सम्पूर्ण खर्चको विवरण समेत सार्वजनिक गर्दै पारदर्शिता र जवाफदेहिताको उदाहरण प्रस्तुत गरेको छ ।
खर्च विवरण अनुसार कार्यक्रम सञ्चालन, सजावट, खानपान, अतिथि सत्कार लगायत शीर्षकमा रकम खर्च भएको उल्लेख गरिएको छ । उक्त शुभकामना आदान–प्रदान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको थियो ।
कार्यक्रममा विभिन्न क्षेत्रका बुद्धिजीवी, समाजसेवी, शिक्षाविद्, पत्रकार तथा स्थानियवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।














