काठमाडौँ, ८ असोज । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा नेतृत्व परिवर्तन हुने जानकारी दिएका छन् ।
बुधवार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा स्थायी कमिटीको बैठकपछि उनले पार्टीको आगामी महाधिवेशनसँगै आफूले नेतृत्व छोड्ने जानकारी दिएका हुन् ।
नेतृत्व परिवर्तनबारे पार्टीमा छलफल भइरहेको स्विकार्दै उनको यस्तो बताएका छन । आगामी महाधिवेशनसम्म जाँदा नेतृत्व परिवर्तनको कुरा टुंगिने उनको दाबी छ ।
गत भदौ २३ र २४ गते भएको जेनजी पुस्ताको आन्दोलनमा राजनीतिक दलका पुराना नेताहरूले नेतृत्व छोड्नुपर्ने माग उठेको थियो । प्रधानमन्त्री भइसकेको र पार्टीका नेतृत्वमा बारम्बार रहेको नेताहरूले नेतृत्व छोड्नुपर्ने दबाब बढ्दै गएको छ ।
माओवादीसहितका राजनीतिक दलका नेताहरूमाथि नेतृत्व छोड्नुपर्ने दबाब पार्टीभित्रैबाट आइरहेको छ । प्रचण्डले भने, ‘नेतृत्व परिवर्तनबारे छलफल भइरहेको छ, महाधिवेशनसम्म जाँदा सबै हल हुन्छ ।
केन्द्रीय कमिटीको एजेण्डा तय गर्न बुधवार माओवादीको स्थायी कमिटी बैठक बसेको थियो ।














