काठमाडौं, ६ असोज । जेनजी आन्दोलनको क्रममा भदौ २४ गते आन्दोलनकारीहरूले सिंहदरबारभित्र रहेको शिक्षा मन्त्रालयको भवन जलाइदिए पछि प्रयोग गर्न अयोग्य भएको थियो ।
शिक्षा मन्त्रालय लैनचौरस्थित केशरमहल देखि अस्थायी रुपमा सेवा प्रवाह भइरहेको छ । उक्त भवन मा आज हुने भनिएको नवनियुक्त शिक्षामन्त्रीको पदभार ग्रहण पनि हुने छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीको रुपमा वैज्ञानिक महावीर पुन सिफारिस भएका छन् ।














