काठमाडौं, ५ असोज । अतिरक्त स्वास्थ्य सचिव डा. संगिता कौशल मिश्रा स्वास्थ्यमन्त्रीमा सिफारिस भएकी छन् ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले डा. मिश्रालाई स्वास्थ्य मन्त्रालयको नेतृत्व दिन सिफारिस गरेको हो ।
स्वास्थ्य मन्त्रालयको अतिरिक्त सचिव रहेकी डा. मिश्रा स्वास्थ्यमन्त्री बन्ने सम्भावना देखेपछि आइतबार राजीनामा दिएकी थिइन् ।
त्यस्तै सर्वोच्च अदालतका पूर्वन्यायाधीश अनिलकुमार सिन्हालाई दुई वटा मन्त्रालयको जिम्मेवारी सम्हाल्नेगरी मन्त्री सिफारिस गरेकी छिन् ।














