काठमाडौं, ५ असोज । अर्थ मन्त्रालयले तीन सहसचिवको सरुवा गरेको छ ।
मन्त्रीस्तरीय निर्णयबाट सहसचिवहरु महेश आचार्य, सेवन्तक पोखरेल र महेश बरालको सरुवा गरिएको अर्थ मन्त्रालयले जनएका छन ।
सेवन्तक वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाबाट वित्तीय संघीयता समन्वयन महाशाखामा सरुवा भएका छन् ।
वित्तीय तालिम केन्द्रबाट महेश आचार्य वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वयन महाशाखामा पुगेका छन् ।
त्यसैगरी अर्का सहसचिव महेश बराल भने वित्तीय संघीयता समन्वयन महाशाखाबाट वित्तीय तालिम केन्द्रमा सरुवा भएका छन् ।














