काठमाडौं, ५ असोज । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दैछ ।
आइतबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पदाधिकारी बैठक बस्ने तय भएको माओवादी केन्द्रका प्रवक्तासमेत रहेका उपाध्यक्ष अग्नि सापकोटाले जानकारी दिए ।
बैठकमा वर्तमान परिस्थिति र पार्टीको आगामी योजनाबारे छलफल हुने उपाध्यक्ष सापकोटाले बताए ।














