जनकपुर, ३ असोज । सशस्त्र प्रहरीले धनुषामा ठूलो परिमाणको गाँजा बरामद गरेका छन् ।
विदेह नगरपालिका–३, गोबराहीको बाँसघारीमा लुकाएर राखिएको ८३५ किलो गाँजा आज प्रहरीले नियन्त्रणमा लिएको हो ।
सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनीको विशेष सूचनाको आधारमा, प्रहरी निरीक्षक हेमन्त लिम्बुको नेतृत्वमा २७ जनाको टोली खटिएको थियो ।
टोलीले गोबराहीका स्थानीय जोगिन्द्र साहको टहरामा लुकाइ राखिएको गाँजा फेला पारेको सशस्त्र प्रहरी बलका सूचना अधिकारी एसएसपी अशोक बमले बताए ।
बरामद गरिएको गाँजा आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको छ ।














