काठमाडौँ, १ असोज । जेनजी आन्दोलनको क्रममा ज्यान गुमाएका सहिदहरुको सम्झनामा संसद् भवन अगाडि दीप प्रज्वलन गरिएको छ ।
सहभागीहरूले पाँच मिनेट मौन धारण समेत गरेका थिए । सहिदहरूको बलिदान कहिल्यै व्यर्थ हुने छैन । जनताको अधिकार र न्यायपूर्ण नेपाल निर्माण हाम्रो कर्तव्य हो” भन्ने नारा सहित उनीहरूले मैनबत्ती बालेका थिए ।
यसै क्रममा जनकपुरका युवाहरुले पनि रामानन्द चौकमा सहिदहरुको सम्झनामा दीप प्रज्वलन गरिएको छ ।














