काठमाडौं, ३० भदौ । नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएको छ ।
सोमबार पदभार ग्रहण गर्दै अर्थमन्त्री खनालले निजी क्षेत्रको मनोबल उकास्न प्रयास गरिने जनाएको हो ।
निजी क्षेत्रसँग अन्तर्किया गरेर अघि बढ्ने भन्दै उनले हिजोको तुलनमा परिवर्तनको महसुस हुने गरे अर्थमन्त्रालयले प्रयास गर्ने उनले जानकारी दिए ।
अर्थमन्त्री खनालले राजस्वमा पनि कमी आउन दिन नहुने बताए । अर्थमन्त्री खनालले व्यक्तिगत काम लिएर कोही पनि आफूलाई भेट्न घरमा नआउन आग्रह गरेको छ ।














