जनकपुर, ३० भदौ । मधेसको प्राचीन मिथिला क्षेत्रका थारुलगायतका महिलाहरुले आज जितिया पर्वको व्रत समापन गरेका छन् ।
दर खाएसँगै महिलाहरुले सुरु गरेको निराहार व्रत आज बिहान समापन गरेका हुन् । पितृपक्ष सोह्रश्राद्धमा पर्ने यस पर्वमा बर्तालुले सप्तमी तिथिका दिन पवित्र स्नान गरी पितृको स्मरण गर्दै व्रत संकल्प गरेर चोखोनिधो खाने, अष्टमीका दिन निराहर व्रत बस्ने र नवमीका दिन व्रत समापन गर्ने प्रचलन छ ।
यो पर्वमा बर्तालुले दिवङ्गत सासू, बूढीसासू, ज्यामै सासू र जेठानी÷देवरानी र मातृकूललाई स्मरण गर्दै व्रत पूरा गर्न आशिष र आफ्ना सन्तानको कल्याणका लागि पुकारा गर्छन् ।














