काठमाडौं, २८ भदौ । नेपाली सेनाले नियन्त्रणमा लिएको निवर्तमान मन्त्रीहरुलाई छोड्न थालेको छ ।
जेनजी आन्दोलनका क्रममा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसहित सबै मन्त्री र पार्टी प्रमुखहरुलाई सेनाले सुरक्षार्थ ब्यारेकमा लगेको थियो ।
सेनाले सुरक्षाका निम्ति भनेर नियन्त्रणमा लिएका तत्कालीन मन्त्रीहरुलाई विभिन्न गणमा राखिएको थियो । त्यस मध्ये भैरवनाथ गणमा राखिएका निवर्तमान मन्त्रीहरूलाई सेनाले आईतवार छोडेको छ ।
सुरक्षाका लागि भनेर सेनाले ब्यारेकमा राखेकाहरूलाई मोबाइल चलाउन रोक समेत लगाएको थियो । तर सुशीला कार्कीले प्रधानमन्त्री पदको शपथ लिएपछि नियन्त्रणमा लिएको मोबाइल चलाउन दिइएको थियो ।
आजबाट भने घर फर्कन दिइएको निर्वतमान एक मन्त्रीले बताए ।














