काठमाडौं, २६ भदौ । देशको परिवर्तित राजनीतिक परिस्थितिका कारण सीमा नाका र यातायात पूर्ण रूपमा बन्द भएपछि अन्तर्राष्ट्रिय व्यापार ठप्प बनेका छन् ।
भन्सार विभागका सूचना अधिकारी किशोर बर्तौलाका अनुसार हाल भारत र चीन दुवैतर्फ भन्सार जाँचपास रोकिएको छ । मुलुकभित्र सार्वजनिक तथा मालवाहक सवारीसाधनको आवागमन पनि पूर्णरूपमा बन्द छ, जसले बजारमा आपूर्ति संकट गहिरिँदै गएको छ ।
भारतीय सीमा सुरक्षा बलले नेपाल–भारत आवागमनलाई अधिकांश नाकामा रोक लगाएको छ । यसले अत्यावश्यक वस्तु आपूर्ति र औषधि वितरणमा समेत असर पारेको व्यापारीहरू बताउँछन् ।
चीनतर्फका प्रमुख नाकाहरू अझै व्यवस्थित छैनन् । रसुवागढी नाकामा मितेरी पुल निर्माण कार्य बाँकी छ भने तातोपानी नाकाको सडक अवरोधरहित छैन । भारततर्फ पनि मालसामान ढुवानीका लागि यातायात सञ्चालन भएको छैन ।
राष्ट्रिय यातायात व्यवसायी महासंघले सुरक्षा प्रत्याभूति नपाएसम्म कुनै पनि मालवाहक र सार्वजनिक सवारी चलाउन नसक्ने अडान दोहो¥याएको छ ।
भदौ महिना परम्परागत रूप
मा आयातको उच्च सिजन हो । दशैं र तिहारका लागि ल्याइने सामान यही महिनामा बढी आउने भए पनि यस वर्षको नाका बन्दले चाडपर्वमै सामग्रीको अभाव हुने चिन्ता बढेको छ ।














